
फेसबुक आईडी ह्याक गरी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका १० मंगलबारे घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई पक्राउ गरेको छ ।
पाठकले फेसबुक अकाउन्ट ह्याक गरी आईडीमा भएका साथीहरुसँग नक्कली व्यक्ति बन्दै अर्जेन्ट समस्या परेको देखाई, विश्वास दिलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही गर्न पाठकलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
