मंगलादेवि माविको ५९ औं वार्षिक उत्सव मनाईयो

Avatar photo
Dhadingpost
पुस २०, २०७८

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका १ मा रहेको मंगलदेवि माध्यमिक विद्यालयले ५९ औं वार्षिक उच्सव तथा अभिभावक भेला एक भव्य समारोहका बीच बनाएको छ ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य जगत सिंखडा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी अमृत अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मन्त्री ढकालले शिक्षालाई खेलकुद मैत्री बनाउनु पर्ने, विद्यार्थीलाई खुलकुदका माध्यामबाट शिक्षण विधिको विकास गर्न मन्त्रालयले विशेष जोड दिईरहेको बताएका थिए ।

यस्तै सांसद जगत सिंखडाले माओवादी जनयुद्धले समानुपातिक, समाबेसिता ल्यायको, संघीयता र तीनै तहको सरकारको अवधारण माओवादीको एजेण्डा अनुरुप भएको बताएका थिए । उत्तरी धादिङको विकासमा प्रदशे सरकारले महत्वपूर्ण योजना बनाएको र त्यहि अनुरुप वजेट विनियोजन गरेको समेत बताएका थिए ।