धादिङको ज्वालामुखी गाउँपालिका सूचना प्रविधि लेखाजोखामा उत्कृष्ट घोषणा

Avatar photo
Dhadingpost
पुस २०, २०७८

धादिङ । विभिन्न घटनाक्रमहरुमा चर्चामा आईरहने धादिङको ज्वालामुखी गाउँपालिकाले ४१ मिनेटको भिडियो बनाउन १७ लाख ४५ हजार ८५० रुपैयाँ खर्च गरेको चर्चा सेलाउन नपाउँदै देशभरका गाउँपालिकाहरुमा ज्वालामुखीलाई सूचना प्रविधि लेखाजोखामा चौंथो नम्बरमा उत्कृष्ट घोषणा गरिएको छ ।

देशैभरका स्थानीय तहमा विभिन्न ७ वटा सूचकको आधारमा लेखाजोखा गर्दा ज्वालामुखी गाउँपालिका अंकको आधारका सूचना प्रविधि क्षेत्रमा चौंथो नम्बरमा उत्कृष्ट भएको बताईएको छ । प्रथम भने अछामको मल्लेख गाउँपालिका भएको छ ।

नगरपालिका तर्फ भने रुकुम पश्चिमको चौरजहारी नगरपालिका पहिलो भएको बताईएको छ ।