स्थानीय तह पूर्ण स्वतन्त्र छैनन् -मुख्यमन्त्री पाण्डे

Avatar photo
Dhadingpost
पुस १८, २०७८

धादिङ । वागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले स्थानीय तहहरु पूर्णपमा स्वतन्त्र नभएको र स्वतन्त्र संघियता नभएको बताएका छन् ।

आइतबार धादिङबेशीमा सम्पन्न नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस सभाको तेस्रो बैठकलाई सम्बोधन गर्ने क्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले स्थानीय तहको अधिकार प्रदेशले मिच्ने गरेको आरोप लगाए पछि मुख्यमन्त्री पाण्डेले स्थानीय तह स्वतन्त्र नभएको बताएका हुन् ।

सम्बोधन गर्ने क्रममा प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई विकासको पहिलो प्रथामिकतामा राखेको भएता पनि माग भने सडक को बढी रहेको बताए । हामी शिक्षा र स्वास्थको विकासलाई पहिलो प्राथमिकतामा राख्छौ तपाईहरु सडक बनाउन भन्दै फाईल बोकेर आउनु हुन्छ । पहिलो प्राथमिकता शिक्षार स्वास्थ्यलाई दिऔं मुख्य मन्त्री पाण्डेले आग्रह गरे ।

कार्यक्रममा सांसदद्वय डा. राजाराम कार्की र डा. रामकुमार अधिकारीले जिल्लाको उत्कृष्ट पहिलो नीलकण्ठ क्याक्पस जिल्लाको इज्जत प्रतिष्ठा भएकोले सबैको साथ र सहयोगमा आफुहरु हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए ।