
धादिङ । नेकपा एकीकृत समाजवादी सिद्धलेक गाउँपालिकाको अध्यक्षमा इश्वरी अर्याल चयन भएका छन् । शनिबार बुङचुङमा भएको पालिका स्तरीय भेलाले अर्यालको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाबाट उपाध्यक्षमा भगवती तिवारी अर्याल र नारायण पुरी, सचिवमा रामकुमार थापा, उपसचिवमा मणिराम थापा, जानुका तिमल्सिना पौडेल र प्रकाश श्रेष्ठ चयन भएका छन् ।
भेलामा मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशमा रहेका दलित, जनजाति, सिमान्तकृत, अल्पसंख्यक जातीहरुका लागि रोजगारमुलक योजना ल्याउने बताए । त्यस्ता जातीहरुलाई प्रत्येक स्थानिय तह सँग समन्वय गरी निशुल्क प्राबिधिक शिक्षा अध्ययन गराउने र अध्ययनपछि सोही स्थानीय तहमा रोजगारको ब्यबस्था मिलाईने दावी गरे ।
