
धादिङ । धादिङको खनियाबास गाउँपालिका ४ दार्खा कुन्डले खेल मैदानमा पुस ४ गतेबाट सुरुभएको ‘प्रथम दामन पाख्रिन स्मृति कप’ फुटबल प्रतियोगिताको फाईनल पुस २२ गते हुने भएको छ ।
दार्खा युवा समाजले आयोजना गरेको उक्त 8A Side-२०७८ ‘प्रथम दामन पाख्रिन स्मृति कप’ फुटबल प्रतियोगितामा १८ टिमले भाग लिएका थिए जसमा सिङ्गाङ एकता समाज A र सदाबहार युवा क्लव धार्ना फाईनल पुगेका छन् ।
पौष १४ गते समापनको तयारी भएपनि मौषम मौषमले साथ दिएन, खेल मैदान खेल केहि दिन खेल्न नहुने हिलो बनेको छ । त्यसैले समापन पुस २२ गते हुने र समापनको लागि पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनमान पाख्रिन आउने कुमार गुरुङले धादिङपोष्टलाई बताए ।
यस प्रतियोगितामा ६० हजार प्रथम, ३० हजार दोस्रो, १५ हजार तृतिय, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट फर्वाड, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्तालाई २–२ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ ।
खनियावास विद्रोहका नायक स्व. दामन पाख्रिन (डाबोन) धादिङमा जननेताको रुपमा परिचित छन् । उनै डाबोन स्मृतिमा खनियाबासमा विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् भने यस वर्ष देखि 8A Side ‘दामन पाख्रिन स्मृति कप’ फुटबल प्रतियोगिता सुरु भएको हो ।
फाईनल पुगेका दुई टिमहरु
सिंङ्गाङ एकता समाज टिम A
मिलान तामाङ
युवराज तामाङ
अमित तामाङ
सुजन तामाङ
मंग तामाङ
कान्छा तामाङ
कविर तामाङ
समिर तामाङ
गणेश तामाङ
किङ तामाङ
सुजन तामाङ
सदाबहार युवा क्लव धार्ना
सचिन तामाङ
दिनेश तामाङ
रेकमान तामाङ
नरेश तामाङ
बुद्धि तामाङ
राजेन्द्र तामाङ
आशिष तामाङ
नविन तामाङ
सन्जिव तामाङ
प्रदिप तामाङ
