
धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी राजन बुर्लाकोटीले आफ्नो जन्म दिन गोगबुमा रहेको हिमालयन बृद्धा-आश्रममा सहयोग गरेर मनाएका छन् ।
नेपाली काङ्ग्रेस धादिङबाट अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित बुर्लाकोटीले १२ हजार बराबरको सामान सहयोग गरेका हुन् ।
लायन्स क्लब अफ नेपाल हाईलाईटका अध्यक्ष ईश्वर भण्डारीका अनुसार बुर्लाकोटीले सरफ, विस्कुट, चाउचाउ , जिरा धनियाँ लगायतका सामाग्री सहयोग गरेका हुन् ।

