
धादिङ । साहित्यिक गतिविधि गर्दै आएकाे धादिङको धादिङ सिर्जना प्रतिष्ठानको बार्षिक साधारण सभा तथा चौथो अधिबेशनबाट अध्यक्षमा पुन प्रकाश पाैडेल अध्यक्षमा चयन भएका छन् ।
शनिबार धादिङबेसीमा भएको धादिङ सिर्जना प्रतिष्ठानको सिर्जनामय साधारण सभा तथा अधिबेशनबाट समितिकाे उपाध्यक्षमा सिर्जना अर्याल सचिबमा नवराज सापकोटा, सह सचिवमा अपिल कोईराला र कोषाध्यक्षमा सुस्मा नेपाल चयन हुनुभएको छ ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा सुरेश अर्याल, शिरिषा नेपाल, युवराज पाठक, रोजन श्रेष्ठ, अमृत अधिकारी, धन बहादुर श्रेष्ठ, नेत्रराज गुरुङ, रोशन कोईराला,पुजा थापा र मनिषा लामिछाने चयन भए ।
