फोनिज धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्वाचित

Avatar photo
Dhadingpost
पुस १०, २०७८

धादिङ । रेडियो धादिङका कार्यक्रम संयोजक र नयाँ पत्रिका दैनिकका धादिङ संवाददाता अर्जुन श्रेष्ठ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको अध्यक्षमा भएका छन् ।

शनिबार सम्पन्न फाेनिज धादिङको अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा रेख बहादुर गुरुङ, कोषाध्यक्षमा राजकुमार शाक्य, सह-सचिवमा सुस्मिता श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरु, राजाराम डंगोल, बिनोद तमु, कल्पना श्रेष्ठ, सनिता चेपाङ, पवित्रा थापा मगर र विरमान तामाङ चयन भएका छन् ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा शंकर श्रेष्ठ, सन्तोषराज श्रेष्ठ, दोलख गुरुङ, डोल्मा मम्बा छानिएका छ्न् भने पर्यवेक्षकमा लक्ष्मी भुजेल छानिएका छन् । संघीय प्रतिनिधिमा उद्दव चेपाङ र अनिता शाक्यलाई निर्वाचित गरेकाे छ ।