धादिङका गोपाल विश्वकर्मा केन्द्रीय सदस्यमा पराजित

Avatar photo
Dhadingpost
पुस ८, २०७८

धादिङ । नेपाली कांग्रेस धादिङका नेता गोपाल विश्वकर्मा केन्द्रिय सदस्यमा पराजित भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दलित खुलातर्फको केन्द्रीय सदस्य पदमा मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी विजयी भए सँगै धादिङका गोपाल विश्वकर्मा पराजित भएका हुन् ।

धादिङबाट महासचिवका उम्मेदवा डा. राजाराम कार्की, महिलाबाट केन्द्रिय सदस्यको उम्मेदवार कल्पना अधिकारी, बागमती प्रदेशबाट केन्द्रिय सदस्यको उम्मेदवार बनेका रमेश धमला र दलित खुल्लाबाट केन्द्रिय सदस्यको उम्मेदवारी दिएका गोपाल विश्वकर्मा चार जना नै पराजित भैसकेका छन् ।

यस्तै आदिवासी जनजातिबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका पूर्वमन्त्री धादिङका दिलमान पाख्रिन भने जितको नजिक रहेको कांग्रेस स्रोतले जनाएको छ । मतगणना जारी रहेको आदिवासी जनजाति तर्फबाट ८ जना केन्द्रिय सदस्यमा निर्वाचित हुनेछन् जसमा अहिले सम्मको मतगणना अनुसार धादिङका पाख्रिन ५ औं नम्बरमा छन् ।