
धादिङ । धादिङको खनियाबास गाउँपालिका ४ दार्खा कुन्डले खेल मैदानमा पुस ४ गतेबाट सुरुभएको ‘प्रथम दामन पाख्रिन स्मृति कप’ फुटबल प्रतियोगिता जारी रहेको छ ।
दार्खा युवा समाजले आयोजना गरेको उक्त 8A Side-२०७८ ‘प्रथम दामन पाख्रिन स्मृति कप’ फुटबल प्रतियोगितामा १८ टिमले भाग लिएका छन् ।
यस प्रतियोगितामा ६० हजार प्रथम, ३० हजार दोस्रो, १५ हजार तृतिय, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट फर्वाड, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्तालाई २–२ हजार पुरस्कार दिईने आयोजक समितिका कुमार गुरुङले धादिङपोष्टलाई बताए ।
खनियावास विद्रोहका नायक स्व. दामन पाख्रिन (डाबोन) धादिङमा जननेताको रुपमा परिचित छन् । उनै डाबोन स्मृतिमा खनियाबासमा विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् भने हरेक वर्ष यसै समयमा संचालन हुनेगरि दार्खामा फुटबल प्रतियोगिता सुरुभएको हो ।
दामन पाख्रिन, एक चर्चा : दामन पाख्रिन लगायतका खनियाबास बिद्रोहीहरुलाई ७ वर्ष लामो काराबासमा बन्द गराइदियो । काराबासले जीवन भोगाइको अर्थ सिकाइदियो । विद्यालयको सञ्चालक बन्नु भयो । शिक्षक बन्नु भयो । वारेन्ट आए पछि १८ महिना निर्वासन जानु भयो । पार्टीका जिम्मेवार नेताले १५ महिनासम्म पाउने भत्ता पनि दिइएन, पञ्चायतको सुराकी ठानेर । २०२६ पछि नेताहरुसँगै फर्कनु भयो ।

