धादिङमा २० हजार विद्यार्थीले लगाए मोडर्ना खोप, अझै जारी

Avatar photo
Dhadingpost
पुस ८, २०७८

धादिङ । पुस ४ गतेबाट धादिङमा सुरुभएको मोडर्ना खोप अभियान अन्तरगत आज बुधबार सम्म २० हजार १२४ जनाले लगाएका छन् ।

नीलकण्ठमा ५ हजार ५११, धुनीबेसी १ हजार ४९६, ज्वालामुखी १ हजार ५५३, सिद्धलेक १ हजार ३९७, नेत्रावती डवजोङ ७२६, गल्छी ४२६, गजुरी ९१४, थाक्रे ९४५, बेनीघाट रोराङ १ हजार ३२५, गंगाजमुना १ हजार ७७०, त्रिपुरासुन्दरी २ हजार ३०४, रुविभ्याली ७८१ र खनियावास ९७६ जना १२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीलार्इं कोरोना विरुद्धको मोडर्ना खोप लगाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

वालवालिकाले खोप लगाउन आउँदा विद्यालय भर्नाको आधार, जन्म दर्ता, वडा कार्यालयको सिफारिस आवश्यक पर्ने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । तस्वीरः सविना पोखरेल