धादिङका दुई युवा मोटरसाईकल चोरीको आरोपमा पक्राउ

Avatar photo
Dhadingpost
पुस ७, २०७८

धादिङ । धादिङको खनियाबास गाउँपालिका–३ का १९ वर्षीय पारस तामाङ र नेत्रावती डबजोङ गाउँपालिका–१ का २२ वर्षीय बुद्धिबहादुर तामाङ लाई मोटरसाईकल चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले काठमाडौंको लामबगरबाट घरको पार्किङमा लुकाइराखेको अवस्थामा प्रदेश ३ –०२–०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सी. सी. को पल्सर मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

उक्त मोटरसाइकल यहि मंसिरमा मनमैजु घर कम्पाउण्डबाट हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका –८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।