
धादिङ । धादिङको नेत्रावती डबजोङ गाउपालिका–४, सेल्लेमा जारी दोस्रो प्रदिप स्मृति कप फुटबल प्रतियोगिताको फाईलन खेल आज हुँदै छ । उक्त प्रतियोगिताका विजयी टीमलाई पुरस्कार वितरण गर्न बागमती प्रदेशको उप-सभामुख राधिका तामाङ आउने आयोजकले जनाएको छ ।
जिल्लाका विभिन्न १९ टिमले भाग लिएको ‘प्रदिप स्मृति कप खुल्ला सेभेन ए साईड फुटबल’ प्रतियोगिताको फाईनल आज आयोजक छोइलिङ युवा क्लव र चरङ्गे युवा क्लव बीच हुन गहि रहेको छ ।
प्रतियोगिताको बिजेताले ५० हजार, उपबिजेताले ३० हजार सेमिफाइनलिस्ट २ टिमले ८ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक छोइलिङ युवा क्लवले जनाएको छ ।
