नलाङ बैरेनी युवा क्लवद्वारा १९ जना एकल महिला सम्मानित

Avatar photo
Dhadingpost
पुस ४, २०७८

धादिङ । सिद्धलेक गाउँपालिका १ को नलाङ बैरेनी युवा क्लवले बैरेनीका १९ जना एकल महिलाहरुलाई शनिवार एक कार्यक्रमका बीच सम्मान गरेको छ । समुदायको विकासमा रचनात्मक कार्य गर्दै आएको नलाङ बैरेनी युवा क्लवले जाडोबाट बच्न न्यानो पछ्यौरा ओढाए् उनीहरुलाई सम्मान गरेको हो ।

गत तिहारमा क्लबको तर्फबाट खेलिएको देउसी भैलो कार्यक्रममा सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने ४ जना चन्दादाताहरुलाई समेत क्लवले सम्माना पत्र प्रदान गरि सम्मान गरेको छ । क्लवले बैरेनी क्षेत्रमा ठाउँ–ठाउँमा फोहोर संकलन गर्ने डस्वीन राखेको छ भने शनिवार मात्रै गाउँका विभिन्न २१ ठाउँमा फोहोर संकलनका लागि डस्विन राखिएको अध्यक्ष शंकर भट्टले बताए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष चल्द्र सिलवला र गाउँपालिकाका सल्लाहकार टंक तिमिल्सनाले क्लवको गतिविधि प्रशंसनिय रहेको बताएका थिए ।