ख्रिष्टमसको अवसरमा धादिङबेसीमा ५६ जनाले गरे रक्तदान

Avatar photo
Dhadingpost
पुस ४, २०७८

धादिङ । ख्रिष्टमसको अवसरमा धादिङबेशीमा धादिङ पिशोन संयुक्त प्राथना संगतीले आयोजना गरेको बृहत खुल्ला रक्तदानमा ५६ जनाले रक्तदान गरेका छन् ।

ईसाई धर्मावलम्बीहरुको पर्व ख्रिष्टमसकोको अवसरमा आयाजित उक्त रक्तदान कार्यक्रममा २१ जना महिला र ३५ जना पुरुष गरि कुल ५६ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।