ज्वालामुखीको चित्रेकालिकामा मेला सुरु, मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

Avatar photo
Dhadingpost
पुस ४, २०७८

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ स्थित चित्रेकालिका मन्दिरमा अजबाट धार्मिक मेला सुरु भएको छ । मेलाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले गरेका हुन् ।

धान्य पुर्णिमाको दिन जात्रा लाग्दै आएको यस मन्दिरमा यस वर्ष जात्रालाई थप आकर्षक वनाउन वडाले मन्दिर परिसरमा धार्मिक तथा पर्यटन महोत्सवको आयोजना गरेको हो । स्थानीय स्तरका धर्म संस्कृतिको जगेर्ना एवम् पर्यटन प्रवर्द्धन गर्न जात्रालाई महोत्सवको आयोजना गरिएको वडा अध्यक्ष अर्जुन अर्याल बताउँछन् ।

दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने यस महोत्सवमा स्थानीय ठाउँमा पाइने कृषिजन्य उत्पादन, घरेलु उत्पादन प्रदर्शनीमा राखिएका छन् । यो महोत्सव आज र भोली दुई दिन चल्ने बताईएको छ ।