एमाले नीलकण्ठ ७ को पार्टी कार्यालय उद्घाटन

Avatar photo
Dhadingpost
पुस ३, २०७८

धादिङ । नेकपा एमाले नीलकण्ठ नगरपालिका वडा ७ को वडा पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

एमालेका केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज खेम प्रसाद लोहनीले शुक्रबार एक कार्यक्रमका बीच पिपलछाप घुम्तीमा नीलकण्ठ नगरपालिका ७ को कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २० जना भन्दा बढी एमालेमा प्रवेस गरेको नेकपा एमाले नीलकण्ठ नपा ७ का वडा कमिटिको अध्यक्ष रमेश कुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।

नव प्रवेशीहरुमा महेश्वर पोखरेल, अमृत बिक, टङ्के नेपाली, कृष्ण बिसुन्के, सोमलाल बिसुन्के, सन्तोष नेपाली, बिप्लु बिसुन्के, जीत बहादुर नेपाली, राम बहादुर रोक्का, रमेश बिसुन्के लगाएतका छन् ।