धादिङमा ‘टग अफ वार’ जारी फाईनल भोली बिहान हुने

Avatar photo
Dhadingpost
पुस २, २०७८

धादिङ । नेपाल डोरी तान संघ धादिङको आयोजनामा आजबाट सुरुभएको सुरुभएको विद्यालय स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिताको फाईनल खेल भोली अर्थात शनिबार बिहान ७ बजेबाट हुने भएको छ ।

धादिङबेसी स्थित खुल्लामन्चमा आजबाट भएको ‘टग अफ वार’ प्रतियोगितामा नीलकण्ठ माविलाई हराउँदै चिल्ड्रेनपार्क मावि फाईनल प्रवेस गरि सकेको छ भने पशुपती मावि र देउराली मावि बीच भोली बिहान खेल हुने र जित्ने टिम फाईनल चिल्ड्रेनपार्क सँग खेल्ने आयोजकले जनाएको छ ।

जिल्लाका १७ वटा विद्यालयले भाग लिएको यस प्रतियोगितामा प्रथम, द्धितिय तृतियलाई पुरस्कार क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने बताईएको छ ।

राष्ट्रिय खेलकुद परिषदमा ६० नम्बरमा दर्ता भएको डोरीतान संघ राष्ट्रिय खेल हो । धादिङमा पहिलो पटक यो खेलको जिल्ला स्तरीय प्रतियोगिता हुने भएको हो ।