धादिङका फुटबलर अबिन तामाङको उपचारका लागि आर्थिक समस्या

Avatar photo
Dhadingpost
मंसिर २७, २०७८

धादिङ मंसिर २७ । धादिङका फुटबलर अविन तामाङ नवौं एन्फा लिग धादिङको विजेता बिधार्थी उपकार संघ (पात्ले) का खेलाडी हुन् । उनी अहिले अस्वस्थ छन्, उपचारका लागि आर्थिक कठिनाई भएको पारिवारिक स्रोतले जनाएको छ ।

युवा खेलाडी अबिन बिगत केही दिन देखि मृगौला अस्पताल कलंकीमा भर्ना भइ उपचारत छन् । आँखा जाँच गर्ने क्रममा उच्च रक्तचापको समस्या देखिएको थियो । आँखा अस्पतालको सल्लाह अनुसार उनी मृगौला चेकजाँचको लागि कलंकी पुगे । चेक जाँच गर्ने क्रममा दुबै मृगौलामा समस्या देखियो ।

२० वर्षिय अबिलले अहिले निरन्तर दुबै मृगौला डाइलोसिस गराईरहेका छन् । घर परिवारको आर्थिक स्थिती कम्जोर, भएकोले खेलाडी अबिनको स्वास्थ्य उपचारको लागि सकेको आर्थिक सहयोग गर्न विद्यार्थी उपकार संघले आव्हान गरेको छ । संघले अबिनको स्वास्थ्यको विषय र सहयोगको लागि 9843057194 र 9843364120 सम्पर्क गर्न सकिने समेत जनाएको छ ।