
धादिङ २५ मंसिर । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ बिहानी पम्प नजिकै मोटरसाइकल र स्कुटर ठक्कर खादाँ एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार बा ४४ प ९८३६ नम्बरको पल्सर मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर एक आपसमा ठोक्किएको हो । सोहि मोटरसाइकललाई ना ६ ख ७४९ नम्बरको ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नम्बर १० का ३३ वर्षिय सुक बहादुर चेपाङको घटनास्थलमै ज्यान गएको डिएसपी भण्डारीले बताए ।
उक्त दुर्घटनामा परी घाइते भएका धादिङको सिद्धलेक गाउँपालिका १ का २५ वर्षिय सुरेन्द्र वाईबा र २८ वर्षिय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपि भण्डारीले बताए ।
