एड्भान्सले प्री-प्राइमरी फेस्टिवल मनायो (फाेटाे फिचर)

Avatar photo
Dhadingpost
मंसिर २४, २०७८

धादिङ मंसिर २४ । धादिङबेसी पुछारबजारमा रहेकाे एड्भान्स एकेडेमीले प्री-प्राइमरी फेस्टिवल मनाएकाे छ । साना नानीबाबुहरुकाे कलात्मक प्रतिभा प्रदर्शनी तथा मनाेरन्जनात्मक कार्यक्रम गरि फेस्टिवल मनाईएकाे प्रिन्सिपल भिम श्रेष्ठले बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष अर्जुन गाेरखालीकाे अध्यक्षतामा भएकाे उक्त प्री प्राइमरी लेभलकाे फेस्टिवलमा साना नानी बाबुकाे कलात्मक प्रस्तुति हेर्न अभिभावकहरुकाे समेत सहभागिता रहेकाे थियाे ।

ग्रुप डान्स, चित्रकला, मनाेरन्जनात्मक स्टल, खेलकुद सँगै पिकनिक समेत गरिएकाे विद्यालयले जनाएकाे छ ।