
धादिङ मंसिर १८ । थाक्रे गाउँपालिका र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा दोस्रो धादिङ खुल्ला र्यापिड रेटिङ्ग दुई दिने बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय समाजसेवी एवं जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यक्ष बिकास कार्किको अग्रसरतामा सर्वाधिक पुरस्कार राशी रु.१८७०००/- को उक्त प्रतियोगितामा प्रथम हुने राजन सुबेदीले रु.३५०००/-, द्वितीय हुने रुपेश जैसवालले रु.२५०००/-, तृतीय हुने आशिष् फूँयाले रु.१५०००/- सहित कूल २२ राष्ट्रिय खेलाडीहरुले नगद र आकर्षक ट्रफि अनि मेडलहरु हात पार्न सफल बनेका छन् ।
मोफसलवाट राष्ट्रिय स्तरको भव्य प्रतियोगिता सञ्चालन गर्ने प्रमुख योजनाकार खेल प्रेमि बिकास कार्किको अगुवाइमा नेपालका शिर्षस्थ खेलाडी एवं नेपाल च्याम्पियनहरुको जमात दिमागि खेलमा निकै कडा प्रतिस्पर्धाका लागि महादेववेसिमा ओर्लिएका मनिष हमाल, क्षितिज, बद्रि नेपाली, प्रकाश नेपाल, सरोज महर्जन, शुश्रुत र गणेशमान दुवाल क्रमशः चौथो देखि दशौं स्थानमा रहेर १० हजार ८ हजार र ७/७ हजार नगद प्राप्त गरेका छन् ।
यसै गरि प्रतियोगितामा एघारौं देखि पन्ध्रौं स्थान सम्म क्रमशः नवीन तण्डुकार, निकेन कुशाथा, सजिन महर्जन, कृष्ण थापा र उत्तम ढुङ्गेलले ५/५ हजार नगद हात पारेका छन् । साथै महिला खेलाडी गरिमा सुवेदी, भेट्रान जगन्नाथ ताम्राकार, यु 16 मिराज थापा, अनरेटेड राजु त्रिपाठी, विलो 1600 खोम प्रसाद, विलो 1800 सन्तोष गौतम र वेष्ट लोकल महेश श्रेष्ठ लगायतले ५/५ हजार नगद प्राप्त गरेका छन् ।
प्रतियोगिताको पुरस्कार वितरण समारोहमा थाक्रे गाउँ पालिकाका अध्यक्ष राम कुमार अाचार्यले कुनैपनि आयोजकको चाहना भनेको हरेक खेलवाट खेलाडीहरुले नयाँ कुराहरु सिकोस भन्ने रहेको हुन्छ । प्रायोजक, स्पोन्सर, सहयोगी हरु सम्म पुगेर खेलका निम्ति आवश्यक हरेक कुराको चाँजोपाँजो मिलाउन धेरै मिहिनेत गरेकोमा धन्यवाद दिएका छन् ।
कार्यक्रम संयोजक बिकास कार्किले आज प्रारम्भिक खेलको पहिलो वोर्डमा खेलकुद भित्र अनुशासन कायम गर्नु पर्ने भन्दै आयोजकवाट खेलाडीहरुलाई आतिथ्यता दिने क्रममा क्षणिक जानकारी सहित सम्बोधन हुँदै गर्दा दुई खेलाडी बिच पहिले नै बराबरी खेल्ने सहमति गरिसकेको भान दिदै यसकै ध्याउन्नमा खेल शुरु गरि द्रुत चाल चल्दै बराबरीको सहमत गर्न भ्याइसकेको अबगत गराउदै भने अन्य खेलाडीहरुको खेल शुरु नै भएका थिएनन् । बुद्धिचाल खेलमा सबै सहभागी खेलाडीहरुले निर्णायकवाट अनुमति दिइसके पछि मात्र एकै साथ खेल आरम्भ गर्ने प्रचलन र अनुशासन हाल सम्म कायम नै छ। सातै प्रदेशवाट सहभागी खेलाडीहरुलाई आवास एवं खाना सहित कूल ६ लाख ५० हजार खर्च भएको विवरण दिदै १७/१८ गतेको दुई दिने खेल समापन भएको थियो ।
