एड्भान्समा भलिबल प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
मंसिर १५, २०७८

धादिङ मंसिर १५ । व्यवहारिक सिप र खेलकुदलाई शिक्षण विधिका रुपमा आत्मसाथ गरेको दावी गर्ने धादिङबेसी स्थित एड्भान्स एकेडेमी, विद्यालय स्तरीय खेलकुदमा अव्वल सावित गर्दै आएको विद्यालय मध्य पर्ने गर्दछ । विद्यालय स्तरीय खेलकुद अन्तरगत भलिबल र तेक्वान्दोमा अझै अगाडी नाम आउने एड्भान्सले अन्तर सदन स्तरी भलिबलको आयोजना सम्पन्न गरेको छ । यस प्रतियोगितामा रातो र पहेँलो सदन प्रथम भए ।

विद्यालयको अतिरिक्त क्रियाकलाप विभागले आयोजना गरेको अन्तर सदनात्मक भलिबल प्रतियोगितामा छात्रहरू तर्फ रातो सदनका विद्यार्थीहरूले जित हाँसिल गरेका हुन् । त्यसैगरी छात्राहरूको भलिबल प्रतियोगितामा भने पहेँलो सदनका विद्यार्थीहरूले जितेका छन् ।

विद्यार्थीहरूलाई पढाइलेखाइका साथसाथै खेलकुदमा पनि उत्कृष्ट बनाउने हेतुले प्रतियोगिता आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अमृत तामाङले धादिङपोष्टलाई बताए ।