
धादिङ मंसिर ७ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जिल्ला फुटबल संघले आयोजना गरेको जिल्ला स्तरीय नवौं एन्फा लिग प्रतियोगिता सेमीफाईनलमा धुनीबेसी युवा क्लव, गजुरी सामुदायीक विकास समाज, विद्यार्थी उपकार संघ पात्ले र धादिङ समाज धादिङ सेमी फाईनल प्रवेस गरेका छन् ।
भोली अर्थात मंसिर ८ गते बुधबार हुने पहिलो समेफाईनल खेल धुनीबेसी र गजुरी बीच हुने छ भने दोस्रो सेमी फाईनल खेल विदार्थी उपकार संघ पात्ले र धादिङ समाज धादिङ बीच हुनेछ ।
समुह बी मा रहेका पत्ले र गजुरी र समुह ए मा रहेको धुनीबेसी सोमबार नै सेमी फाईनल प्रवेस गरेका ठिम हुन् भने धादिङ समाज धादिङले न्यू स्टार युवा क्लवलाई पराजित गर्दै सेमी फाईनल प्रवेस गरेको हो । आजको खेलमा न्यु स्टार युवा क्लवलाई शुन्यमा रोक्दै धादिङ समाजले २ गोल गरेको थियो ।
भोली सेमी फाईनलमा विजेता टिमहरु बिहिबार फाईनल खेल्ने एन्फा धादिङले जनाएको छ । विजेता क्लवले नगद १ लाख पाउने छ सँगै प्रदेश स्तरीय प्रतियोगिताको लागि धादिङबाट छनोट हुनेछ । यस्तै उप विजेताले ५० हजार पाउने आयोजकले जनाएको छ । यस प्रतियोगितामा जिल्लाका ११ वटा क्लवहरु सहभागि थिए ।

