कहाँ गुँड लगाउने हाे साँइली !

Avatar photo
Dhadingpost
मंसिर ७, २०७८

दाेब्बर महङ्गो छ खाद्यान्न
पाँचगुना महङ्गो छ तरकारी
हाम्राे ज्याला त उही छ
कसरी गुजारा चलाउने हाे साँइली !
पिलेन भाडा नि बढेछ
गाडी भाडा नि बढेछ
हाम्राे ज्याला त उही छ
कसरी रकम जाेगाएर
गाउँ फिर्ने हाे साँइली !
घर खण्डहर भएकाे छ
बारी बगर भएकाे छ
वृद्धभत्तामा धानिएका बा-आमा
रहरमा गानिएका छाेराछाेरी
कसरी मन भुलाउने हाे साँइली!
आश्वासनले पेट भरिन्न
झुक्केर नि बदमासी गरिन्न
गाउँमा बिक्न सकिन्न
शहरमा टिक्न सकिन्न
कहाँ गुँड लगाउने हाे साँइली !

नवराज न्याैपाने ‘माैन’