धादिङमा एन्फा लिग जारी, आज चौंथो दिनको खेल अपडेट

Avatar photo
Dhadingpost
मंसिर ४, २०७८

धादिङ मंसिर ४ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा बुधबारबाट जारी जिल्ला स्तरीय नवौं एन्फा लिग अन्तरगत आज चौंथो दिन ४ खेलहरु सम्पन्न भएका छन् ।

आज बिहान पहिलो खेल धादिङ समाज धादिङ र गलौदी युवा समाज गजुरी भएको थियो यस खेलमा गलौदीको १ गोलको विरुद्ध धादिङ समाजले ४ गोल गर्दै विजयी भएको छ । यस्तै दोस्रो खेल अरुणदय युवा क्लव, आदमटार सिद्धलेक र ईन्द्राणी युवा क्लव आदमघाट बीच भएको थियो । यस खेलमा अरुणदयको १ गोलका विरुद्ध ईन्द्राणीले २ गोल गर्दै विजयी भएको थियो ।

यस्तै आजको तेस्रो खेल गजुरी सामुदायीक विकास समाज र भद्रकाली सामुदायीक विकास समाज, भएको थियो यस खेलमा गजुरी सामुदायीकको १ गोलको विरुद्ध भद्रकालीले २ गोल गर्दै विजयी बन्यो । आजको अन्तिम अर्थात चौथो खेल व्वाईज युनाईटेड धादिङबेसी र विद्यार्थी उपकार संघ धुवाँकोट बीच भएको थियो यस खेलमा व्वाईज युनाईटेडलाई शुन्यमा रोक्दै विद्यार्थी उपकार संघले ३ गोल गर्दै विजयी भयो ।

भोली अर्थात प्रतियोगिताको पाँचौं दिन पनि ४ खेल हुने आयोजक जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाले बताएका छन् । थापाका अनुसार भोली आईतबार पहिलो खेल धुनीबेसी युवा क्लव र न्यू स्टार युवा क्लव, दोस्रो खेल गलौदी युवा क्लव गजुरी र इन्द्राणी युवा क्लव आदमघाट, तेस्रो खेल भद्रकाली सामुदायीक समाज मलेखु र विद्यार्थी उपकार संघ धुवाँकोट नीलकण्ठ र चौंथो खेल गजुरी सामुदायीक विकास समाज गजुरी र पञ्चकन्या युवा क्लव बीच हुनेछ ।