
धादिङ मंसिर ४ । नेकपा एमाले स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले धादिङको गल्छी गाउँपालिकाको अधिवेशन उद्घाटन गर्दै एमालेको १० औं अधिवेशनले राष्ट्रिय एकताको सन्देश दिने बताएका छन् ।
एमाले फुटेको छैन केहि असन्तुष्टहरु अन्तरसंघर्ष गर्न नसकेर पार्टीबाट बाहिरिएका हुन्, एमालेको दशौं अधिवेशन राष्ट्रिय एकताको राष्ट्रिय अधिवेशन हुने समेत पाण्डेले दावी गरे । सत्ता र कुर्चीका लागि बनेको केहि दलहरुको गठबन्धन देखि एमाले कत्तिपनि विचलित नभएको र वैचारिक संघर्ष गर्दै चुनाव पछि एकल बहुमत ल्याई समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूर्णता दिईने समेत उनले बताए ।
एमाले जनताको मनमनमा छ । गलत उद्धेश्य बेकेर बनेका गठबन्धनलाई जनताले चुनावमा पराजित गर्ने र एमालेको एकल सरकार बन्न कसैले रोक्न नसक्ने समेत पाण्डेले दावी गरे । यो समचार तयार पार्दा समेत गल्छी गाउँपालिकाको अधिवेशनको बन्दसत्र भइ रहेको छ ।
हाल सम्म एमाले धादिङले १० वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ भने गल्छीको मंसीर ४ गते गर्न लागेको हो । नीलकण्ठको अध्यक्षमा हरि बहादुर श्रेष्ठ, धुनीबेसीको अध्यक्षमा रामराजा पाण्डे, गजुरीको अध्यक्षमा माधव भण्डारी, रुबिभ्यालीको अध्यक्षमा प्रेम बहादुर तामाङ, बेनिघाट रोराङको अध्यक्षमा रमेश कुमार भट्टराई, गङ्गाजमुनाको अध्यक्षमा भक्त बहादुर लामिछाने चयन गरेको छ ।
यस्तै नेत्रावती डवजोङको अध्यक्षमा सुवर्ण रिमाल, खनियाबासको अध्यक्षमा पन्थ तामाङ र सिद्धलेकको अध्यक्ष कमला शर्मा र त्रिपुरासुन्दरीको हरि पन्त निर्वाचित भएका छन् ।

