
धादिङ कात्तिक २४ । पछिल्लो समय धादिङ जिल्लाका फुटबल खेलाडीहरु मध्य चर्चामा रहेका विपिन कडेलले जाउलाखेल क्लवबाट ए डिभिजन लिग खेल्ने भएका छन् । यही कार्तिक २९ गतेदेखि नेपालको सवैभन्दा ठुलो फुटवल प्रतियोगीता शहिद स्मारक ए डिभिजन लिग सुरु हुदैछ ।
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङवेशी घर भएका विपिन सानै देखि फुटवल खेल्ने गर्दथे । फुटवल खेल्नकै लागि उनले नेपाली सेनामा खाएको जागिर समेत त्यागिदिएका थिए ।
उनै कंडेल भन्छन् ‘जाउलाखेलबाट खेल्न पाउनु पाउनु ठुलो अवसर हो, यो सुनौलो मौकालाइ अवश्य सदुपयोग गर्नेछु ।’ यसअघि विपिनले बी डिभिजन, सी डिभिजन र उपत्यका बाहिरका विभिन्न क्लवबाट खेलिसकेका छन् ।
