धादिङमा पछिल्लो टी-२० क्रिकेट प्रतियोगिताले देखाएको सम्भावना

Avatar photo
Dhadingpost
कार्तिक २२, २०७८

कात्तिक २२ । धादिङमा कात्तिक ११ गते देखि १८ गते सम्म चलेको जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगितामा १४ टिमको सहभागिता रह्यो । प्रतियोगितामा हरेक टोलीका अधिकतम खेलाडी १९ वर्ष भन्दा मुनिका थिए । सिमित स्रोत र क्रिकेटमा भौगोलिक दृष्टकोणले पछाडि रहेता पनि खेलाडीले स्तर भने चक्लाग्दो देखाए ।

फूटबलमा निकै क्रेजे तथा क्रिकेटमा भौगोलिक दृष्टकोणले पछाडि परेको धादिङ , क्रिकेट संघ धादिङको आगमन संगै क्रिकेटमा नयाँ आशाको क्रेन्द्रबिन्दु बनेको छ । लामो समयदेखि धादिङ क्रिकेट विकासमा सक्रिय रुपमा लागि परिरहेका युवा क्रिकेटप्रेमी दीपेश कडेलको अध्यक्षतामा भदौ ५ गते बनेको १५ सदस्य जिल्ला तदर्थ समिति गठनले २ महिनाको अन्तरमै कार्तिक ११ गते बाट १८ गते सम्म जिल्लाकै पहिलो धादिङ जिल्ला टी(२० क्रिकेट प्रतियोगिता भब्य साथ सम्पन गर्यो । संघ गठन पछि पहिलो पटक भएको टी २० क्रिकेट प्रतियोगिताबाट नै धादिङ क्रिकेटमा उदीयमान जिल्ला बने जिल्लाको रुपमा देखिएको छ ।

प्रतियोगिताले देखाएका सम्भावनाहरु
१. फ्यानक्रेजे
फूटबलमा निकै क्रेजे बोकेको धादिङबासीमा क्रिकेटका लागि पनि उतिकै क्रेजे देखियो । खेलाडीको प्रतेक विकेट र रनमा दर्शकमा उत्साह र उमंग थियो । उद्घाटन खेल देखि फाइनल सम्म दर्शकको हुटिंगमा कहिले कमी भएन । चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा विद्यार्थीले कक्षालै बिर्सिदै खेलको मनोरञ्जन समत लिएका थिए । शिक्षक, विद्यार्थी, कर्मचारी, व्यापारी, बच्चा देखि वृद्धसम्म सम्पुर्णलाई आकर्षण गरेको धादिङको क्रिकेटले ठुलो सम्भावना बोकेको प्रस्ट देखाएको छ ।

२. क्लबको आकर्षण
पहिलो पटकको क्रिकेट प्रतियोगितामै १४ टिमको सहभागिताले पनि धादिङमा क्रिकेटको माहोल बने कुराको प्रस्ट संकेत दिएको छ । ११ गते देखि मात्रै १६ गते सम्म प्रतियोगिता आयोजना गर्ने तरिकाले अगाडी बढेको क्रिकेट संघ १६ टोलीले चासो देखाए पछि २ दिन प्रतियोगितालाई पर सार्दै १४ टोली पछिको प्रतियोगिता आयोजना गरेको थियो । १४ टोली ४ समुहमा बिभाजन भएका थिए । समूह ए र बीमा ४ टिम थिए भने सी र डिमा ३ टिम थिए । १४ टिमको सहभागिताले पनि धादिङले क्रिकेटमा ठुलो सम्भावना बोक्ने तस्बिर झल्काएको छ ।

३. युवा खेलाडीको जोस
१४ टिमको सहभागिता रहेको प्रतियोगितामा हरेक टोलीका अधिकतम खेलाडी १९ वर्ष भन्दा मुनिका थिए । सिमित स्रोत र क्रिकेटमा भौगोलिक दृष्टकोणले पछाडि रहेता पनि खेलाडीले स्तर भने चक्लाग्दो देखाए । ब्याटिङ , बलिङ्ग देखी फिल्डिङमा युवाले सानदार खेल देखाए । युवा खेलाडीको खेल शैलीमा निखारता र विकासमा धादिङ क्रिकेट संघले ध्यानक्रन्द्रित गरेमा धादिङले क्रिकेटबाट खेलाडीहरु राष्ट्रिय जर्सीमा देखिने कुरामा कुनै दुइमत छैन ।

४. प्रायोजकको साथ र विश्वास
कुनै पनि प्रतियोगिता भब्य साथ सफल पर्ने छ भने प्रायोजकको साथ निकै महत्वपूर्ण हुन्छ । धादिङ जिल्ला टी-२० क्रिकेट प्रतियोगिता सफल पर्ने नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका, टोयटा कम्पनी र अन्तर्राष्ट्रिय धादिङ समाजले प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै प्रतियोगितालाई सफल पर्ने मुख्य भूमिका निर्वाह गरे । प्रायोजकको साथका कारण प्रतियोगिता भब्य साथ सफल भयो । धादिङ क्रिकेट संघले अन्य भवि योजना पनि बनाएको छ । अन्य भवि योजनामा पनि प्रायोजकको साथ र विश्वास मिलेमा धादिङ क्रिकेटले राष्ट्रिय स्तरमा ठुलो फड्को मर्ने छ ।

५. धादिङ क्रिकेट संघको भवि योजना
धादिङ क्रिकेट संघ द्रुत गतिमा योजना बनाउदै अगाडी बढेमा धादिङ क्रिकेटले राष्ट्रिय स्तरमा ठुलो फड्को मर्ने सफल हुनेछ । पुरुष क्रिकेट मात्रै नभएर अन्डर १९ महिला तथा पुरुष क्रिकेटलाई कन्द्रित गर्दै धादिङ क्रिकेट संघले योजना बनाएमा धादिङमा क्रिकेट छिटै विकास हुने सम्भावना देखिएको छ । सहभागिता भएका १४ टिमसंग सहकार्य गर्दै क्रिकेट संघ अगाडी बढेमा खेलाडीको उत्पादनमा टेवा मिल्नेछ । धादिङ जिल्लाको खेलाडी, प्रशिक्षक तथा फ्यानको नयाँ आशाको रुपमा आएको धादिङ क्रिकेट संघलाई भवि योजनाको शुभकामना ।

(लेखक ढकाल dhindocricket का संचारकर्मी हुन् । उनले धादिङ क्रिकेट संघले गरेको टी-२० क्रिकेटको खेलको सबै म्याचको अपडेट समेत गरेका थिए ।)