
धादिङ कात्तिक २२ । धादिङबाट १३ जना १९ वर्ष मुनिका क्रिकेट खेलाडीहरु सेलेक्सनका लागि आज नुवाकोट पुगेका छन् । धादिङ क्रिकेट संघले क्यानको मान्यता पाईनसकेकोले खेलाडी छनोट हुन् अन्य जिल्ला धाउनु पर्ने वाध्यता अनुरुप धादिङबाट आज १३ जना खेलाडी नुवाकोट पुगेका हुन् । नुवाकोट क्रिकेट संघले आज र भोली दुई दिन लगायर खेलाडी छनोट गर्ने जनाएको छ ।
छनोट प्रतियोगितामा भाग लिन नुवाकोट गएका खेलाडीहरुको समन्वय जिल्ला क्रिकेट संघ धादिङले गरेको अध्यक्ष दिपेश कडेलले बताए । हामीले जिल्ला सदस्य जितेन्द्र श्रेष्ठको नेतृत्वमा नुवाकोट पठाएका छौं । आज र भोली हुने छनोटमा धादिङका खेलाडी परे भने नुवाकोटबाट प्रदेश र प्रदेशबाट पनि छनोट भए राष्ट्रिय टिमका लागि छनोटको अवसर हुने कडेलले बताए ।
छनोटका लागि नुवाकोट पुगेका खेलाडीहरु
१. अमृत थापा, त्रिपुरासुन्दरी
२. रुपेश भुजेल, गल्छी
३.आशिष मिया, बेनीघाट रोराङ
४. सृजन पाण्डे, बेनीघाट रोराङ
५. सक्षम खरेल, गजुरी
६. सन्देश सापकोटा, गजुरी
७. प्रदिप गिरी, सिद्धलेक
८. अनिल थापा, गल्छी
९. रविन्द्र नेपाल, गल्छी
१०. कुशल श्रेष्ठ नीलकण्ठ
११. आरम्भ तिमल्सिना सिद्धलेक
१२. विकेश श्रेष्ठ, नीलकण्ठ
१३. अनिल ढकाल, नीलकण्ठ
यस अघि धादिङ धुनीबेसी नगरपालिकाका कुशल रुपाखेती काठमाडौं क्रिकेटर संघबाट अण्डर १९ क्रिकेटमा छनोट भैसकेका छन् भने बेनीघाट रोराङका सचिन श्रेष्ठ ललितपुर क्रिकेट संघबाट टप १८ मा छनोट भएका छन् त्यसमा पनि ४ जना घटाएर अन्तिम १४ जनाको नाम सार्वजनिक हुन बाँकी रहेकोले सचिन पर्छन या पर्दैनन् जतिजा कुर्नु पर्ने देखिएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०२२ मा वेस्ट ईण्डिजमा अण्डर १९ पुरूष विश्व कपको छनोट खेल गर्दैछ । त्यो भन्दा पहिला यू १९ एसिया कप डिसेम्बर अन्तिम देखि हुँदैछ । त्यसको लागि नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ राष्ट्रिय प्रातियोगिता गर्न लागेको हो । जुन प्रतियोगितामा उच्च प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय टिममा पर्नेछन् । त्यसको लागि जिल्ला र प्रदेश छनोट हुनेछ, ७ प्रदेशका ७ टोली भिड्नेछन् ।

