
धादिङ कात्तिक १६ । धादिङमा जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता कात्तिक ११ गते देखि जारी छ । बेनीघाट रोराङको बिशालटारमा सुरु भएको उक्त प्रतियोगिताको आज छैटौं दिन पनि ३ खेल हुनेछन् । आज हुने खेलहरुमा बिहान ७ बजे देखि त्रिपुरासुन्दरी क्रिकेट टिम र शुभारम्भ युवा समाज, ११ बजे देखि भद्रकाली सामुदायीक विकास समाज मलेखु र चक्रदेवि सामुदायीक समाज मलेखु, दिउँसो २ बजे गलौंदी युवा समाज र सांकोस क्रिकेट क्लव नीलकण्ठ बीच हुनेछ ।
पाँचौं दिन अर्थात हिजोको खेल अपडेट
पहिलो खेलमा बैरेनी युवा समुह र सम्बाहक युवा क्लब बिचको खेलमा सम्बाहक युवा क्लबले ९ विकेटको सहज जित निकालेको छ । टस जितेर ब्याटिङका लागि आएको बैरेनी युवा समुहले १९.२ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १०४ रन जोड्यो । बैरेनीका सुजन अधिकारीले ४४ बलमा ५ चौकाको मद्दतमा ३७ रन जोडे । यस्तै सुबाश अधिकारी १३ साथै बसन्तले ५ रन जोडे ।
सम्बाहकका दिवस भट्टले ४ ओभरमा २१ रन दिँदै ३ विकेट लिए। यस्तै अमृत थापाले ३.२ ओभरमा २० रन दिँदै ३ विकेट लिए। सुदिप पाठक २ तथा राज कुमार लामा तथा विक्रन्त भण्डारीले सम्मान १/१ विकेट लिए । १०५ रनको लक्ष्य पछ्याउने आएको सम्बाहकले १६.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेटायो । टोलीको जीतमा सुशान्त भट्टले ४३ बलमा ३३ रन जोडे । यस्तै सुदिप पाठक र नवराज उप्रेतीले १९ र १६ रन प्रहार गरे ।
दोस्रो खेलमा गजुरी सामुदायिक विकास समाज र कारु मेमोरियल ट्रस्टको बिचको खेलमा गजुरीले ९१ रनको जित निकालेको छ । यो सँगै गजुरी सेमी फार्यनल प्रवेस गरेको छ । टस जितेर कारु मेमोरियल ट्रस्टले गजुरी सामुदायिक विकास समाजलाई ब्याटिङको निम्तो दिएको थियो । गजुरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन जोडे । गजुरीका सुजित खतिवडाले ३७ बलमा ३५ साथै सानु घलेले ३४ बलमा ३९ र उज्वल थापाले २० बलमा २ चौका र ५ छक्काको मद्दतमा ४६ रन जोडे ।
कारुका विलियम श्रेष्ठले ३ ओभरमा १६ रन दिँदै २ विकेट लिए। यस्तै प्रशान कडेल , अभिषेक पाण्डे र सुन्दर श्रेष्ठले सम्मान १/१ विकेट लिए । १७३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने मैदान प्रवेश गरेको कारु ८२ रन मै समेटियो । कारुका विकास श्रेष्ठले १९ साथै एरीक गुरुङले १३ रन जोडे। कारुलाई सस्तोमा रोक्न उज्वल थापाले ३ विकेट लिए भने निरोज , सन्देश , प्रदीप , सानुले सम्मान १/१ लिए ।
र आजको अन्तिम खेलमा हाम्रो जनहित युवा समाज र धादिङ समाज धादिङ बिचको खेलमा हाम्रो जनहितले ७ विकेटको जित निकालेको छ । पहिला ब्याटिङ गरेको धादिङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०८ रन जोडेको थियो । टोलीका लागि कुशल श्रेष्ठले ४९ रन जोडे । हाम्रो हाम्रो जनहितका सुदिप पुरीले २ विकेट लिए । जवाफी ब्याटिङ गर्न आएको हाम्रो जनहितले १९.३ ओभरमा खेल जित्यो । जीतमा सुदिप पुरीले ४७ रन जोडे । खेलको म्यान अफ द म्याच सुदिप पुरी भए ।































