
धादिङ कात्तिक १४ । धादिङमा जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता कात्तिक ११ गते देखि जारी छ । बेनीघाट रोराङको बिशालटारमा सुरु भएको उक्त प्रतियोगिताको आज चौंथो दिन पनि ३ खेल हुनेछ ।
धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको उक्त प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल बिहान ७ बजे देखि चक्रदेवी सामुदायीक समाज नलाङ र शुभारम्भ युवा समाज गल्छी, बिहान ११ बजे त्रिपुरासुन्दरी क्रिकेट टिम र भद्रकाली सामुदायीक विकास समाज मलेखु, दिउँसो २ बजे चरौंदी समाज सुधार युवा क्लव र गलौंदी युवा क्लव बीच हुने आयोजकले जनाएको छ ।









































