धादिङमा कार्तिक ११ देखि टी-२० क्रिकेट हुँदै, १४ टिम सहभागी हुने

Avatar photo
Dhadingpost
कार्तिक ९, २०७८

धादिङ कार्तिक ९ । धादिङ जिल्ला क्रिकेट संघले कार्तिक ११ गतबाट १८ गते सम्म गर्न लागेको जिल्ला स्तरीय अन्तर क्लव टी-२० क्रिकेट प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने भएका छन् । जिल्ला क्रिकेट संघले जारी गरेको टीम दर्ताको सूचना सकिए सँगै उक्त प्रतियोगिता खेल्न जिल्लाका १४ वटा क्लवले टिम दर्ता गराएका हुन् ।

यी हुन् १४ क्लव
१. हाईवे स्पोर्टस मजिमटार बेनीघाट रोराङ
२. चरौंदी सुधार युवा क्लव बेनीघाट रोराङ
३. कारु मेमोरियल ट्रष्ट बेनीघाट रोराङ
४. संवाहक युवा क्लब नौबिसे
५. भद्रकाली सामुदायिक विकास समाज गजुरी
६. साङ्कोष क्रिकेट क्लव नीलकण्ठ
७. चक्रदेवी सामुदायीक समाज सिद्धलेक
८. धादिङ समाज धादिङ नीलकण्ठ
९. सुभारम्भ युवा समाज गल्छी
१०. त्रिपुरासुन्दरी क्रिकेट क्लव त्रिपुरासुन्दरी
११. गलौदि युवा समाज गजुरी
१२. हाम्रो जनहित युवा समाज गजुरी
१३. गजुरी सामुदायिक समाज गजुरी
१४. बैरेनी युवा समुह गल्छी

बेनीघाट रोराङको चन्द्रोदय मावि विशालटारको खेल मैदानमा एक साता सम्म चल्ने उक्त प्रतियोगिता दैनिक ३ खेल संचालन गर्ने तयारी गरेको आयोजकले आज दिउँसो एक बजे पत्रकार सम्मेलन गरि खेलको तयारी, खेल तालिका र पुस्कार राशी घोषण गर्ने संघका अध्यक्ष दिपेश कडेलले बताए ।