धारापानी फुटबलको उपाधी सालबास युनाईटेडले जित्यो

Avatar photo
Dhadingpost
कार्तिक ६, २०७८

धादिङ कार्तिक ६ । आज भएको फाईनल खेलमा सालबास युनाईटेडले न्यू त्रिपुरासुन्दरी माथि ३-० को गोल अन्तरको ज्वालामुखी गाउँपालिका धारापानीमा भएको फुटबलको उपाधी जितेको छ । सालबास युनाईटेडको जितका लागि विष्णु अधिकारी, सिद्धान्त वाग्ले र सुवोध अधिकारीले एक एक गोल गरेका थिए ।

उपाधी विजेता बने सँगै सालबासले नगद रु १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र हात परेको छ । ज्वालामुखी गाउँपालिका ७ धारापानीमा आज सम्पन्न उक्त नाईन ए साईड खुल्ला पुरुष फुटबल प्रतियोगितामा उप विजेतामा रोकिन पुगेको न्यु त्रिपुरासुन्दरीले नगद रु ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ ।