धारापानी फुटबलको फाईनलमा आज न्यु त्रिपुरासुन्दरी र सालबास युनाईटेड भिड्ने

Avatar photo
Dhadingpost
कार्तिक ६, २०७८

धादिङ कार्तिक ६ । धादिङको ज्वालामुखी गाउँपालिका ७ धारापानीमा जारी नाईन ए साईड खुल्ला पुरुष फुटबल प्रतियोगिताको फाईनलमा न्यु त्रिपुरासुन्दरी र सालबास युनाईटेड भिड्ने पक्का भएको छ ।

सेमिफाईनलमा न्यु त्रिपुरा युवा क्लबले ३–० को गोल अन्तरले एकता फुटबल क्लबलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो भने सालबास युनाईटेड १–० ले मैदी युनाईटेडलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । यो दुई टिमको फाईनल आज बिहान ८ बजे हुने आयोजक लगनशिल युवा क्लवले जनाएको छ ।

प्रतियोगिताको बिजेताले नगद रु १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र साथै उपबिजेताले नगद रु ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नुका साथै विभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।