गलौंदी युवा क्लबलाई क्रिकेट खेल सामाग्री प्रदान

Avatar photo
Dhadingpost
कार्तिक ५, २०७८

धादिङ कार्तिक ५ । धादिङ जिल्ला क्रिकेट संघले आयोजना गर्ने अन्तर क्लव जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता नजिकदै गर्दा जिल्लाका क्रिकेट क्लवहरुले खेल अभ्यासलाई बढावा दिएका छन् ।

खर्चिलो खेल मध्य पर्ने क्रिकेट खेलमा आवद्ध रहेका जिल्ला क्लवहरुले कार्तिक ११ गते देखि हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागीता जनाउन क्लवहरुले सहयोगी व्यक्ति वा संस्थाहरुको खोजिमा समेत रहेका छन् । यहि शिलसिलामा गलौंदी युवा क्लबले क्रिकेट खेल सामाग्री सहयोग प्राप्त गरेको छ । यस क्लवलाई युकेमा बस्ने सुरेस बस्नेत , अष्ट्रेलियामा बस्ने रुपेश नेपाल, रुदिप नेपाल, सुमन गौतम, दिनेश सापकोट, सुगम भण्डारी र जापानमा बस्ने दिनेश अर्यालले उक्त खेल सामाग्री सहयोग गरेका हुन् ।

केहि दिन पहिला मात्रै बेनीघाट रोराङका खेलाडीलाई बेनीघाट रोराङ ५ को आर्थिक सहयोगमा कारु मेमोरियल ट्रस्टले खेल सामाग्री प्रदान गरेको थियो भने गजुरी सामुदायिक समाजका खेलाडीहरुलाई पुर्व खेलाडी सन्दिप सापकोटा, पुर्व खेलाडी प्रतीक खरेल, राजेन्द्र ढुगाना, सन्दिप डल्लकोटी र नेपाली कांग्रेस गजुरीले गजुरीले खेल सामाग्री प्रदान गरेका थिए ।