खनियाबासको बिश्वकर्मा युवा समाजद्वारा स्टेशनरी सामान सहयोग

Avatar photo
Dhadingpost
अशोज २८, २०७८

धादिङ असोज २८ । धादिङको खनियाबास गाउँपालिकामा रहेको बिश्वकर्मा युवा समाजले विद्यालयलाई स्टेशनरी सामाग्री प्रदान गरेको छ ।
नेपालीहरुको महान पर्व शुभ विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्बको पावन अवसरमा बिश्वकर्मा युवा समाजले दार्खा स्थित चन्द्रदेवि आधार भुत बिद्यालयमा अध्यायन विद्यार्थीलाई स्टेशनरी सामान सहयोग गरेको हो ।

बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष अम्बर तामाङको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा स्टेसनरी सामग्री प्रदान गरिएको समाजका सचिव युवराज सुनारले धादिङपोष्टलाई जानकारी दिए ।