
धादिङ असोज २६ । धादिङको बेनीघाटबाट माझीटार तर्फ जाँदै गरेको बलेरो जीप गण्डकी गाउँपालिका–८ मलेओडारमा दुर्घटना हुदाँ चालकसहित १४ जना घाइते भएका छन् ।
बा २० च ४४०० नम्वरको जी अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ । घाईतेहुने सबै धादिङ ज्वालामुखीका हुन् । घाईते मध्य सात जनालाई थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ, तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।








































