
धादिङ असोज २६ । दशैंमा घर आउनेको चाप आज फुलपाती दिन पनि उस्तै देखिन्छ धादिङमा । काठमाडौबाट सिधै ग्रामिण रुटमा जाने ग्रामिण यातायात सहकारीको बसले छतमा समेत यात्रु चढाएर लैजाने गरेको प्रहरीले थाहा नपाए जस्तो गरि बसेको छ ।
जव प्रहरी चेक पोष्ट नजिक आउँछ तव यात्रु ओराल्ने र भित्र कोचाकोच गरी राख्ने अनि प्रहरीको पोष्ट कटे पछि फेरि छतमा राख्ने ग्रामिण यातायात सहकारीको बसले पुरानो शैली यस पटक पनि अपाएको देखियो । यो चाडवाडको बेलामा यात्रुको चाप बढी हुने र बसहरुको संख्या कम हुने हुँदा छतमा पनि बोक्नु पर्ने वाध्यता रहेको व्यवसायीहरु बताउँछन् ।








































