परदेशबाट

Avatar photo
Dhadingpost
अशोज २३, २०७८

आयो दशैं धरामा, सम्झिन्छु बाबुआमा
आफन्त साथ बस्दा, रम्थें म सिर्जनामा
छाडेर गाउँ आफ्नो, टाढा म जान्न भन्छु
बाँझै छ खेतबारी, पैसा छ जो म गन्छु

पैसा भनेर कुद्दा, बिर्सिन्छ आज धर्म
पाखा उजाड बन्दा, लाग्दैन आज शर्म
पीडा लुकाइ हाँस्ने, यो जिन्दगी छ कस्तो
यी हातपाउ हाम्रा, बन्दैछ आज सस्तो

खाडी बसेर रोएँ, सम्झन्छु दु:ख पाएँ
ढल्केर गो जवानी, फर्केर देश आएँ
बन्दैन देश हाम्रो, सारा गए विदेश
यही छ स्वर्ण-माटो, गर्दा सबै हुनेछ