
धादिङ असोज २२ । धादिङ त्रीपुरासुन्दरी वडा नम्बर ५ निवासी प्रदेश सभाका उम्मेदवार समेत रहेका बिष्णुप्रसाद सापकोटा आज नेकपा एमालेमा प्रवेश गरेका छन् । तत्कालीन नयाँशक्ती पार्टीबाट क्षेत्र नम्बर २ ख बाट प्रदेश सभा सदस्यमा प्रत्येक्ष तर्फ उम्मेदवार बनेका सापकोटाले आज एमालेको केन्द्रिय कार्यालयमा पुगेर एमाले प्रवेश गरेका हुन् । तत्कालिन नयाँ शक्ति पार्टी हुँदै संघिय समाजवादी पार्टीमा रहँदा विभिन्न राजनीति जिम्मेवारीमा सक्रिय भुमिकामा नेतृत्व गरेका सापकोटा पछिल्लो समय पार्टी जनआकांक्षा विपरित गएको भन्दै पार्टी छाडेका थिए ।
एमाले पार्टीमा प्रवेश गरे सँगै सापकोटाले नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यको जिम्मेवारी पाउने एमालेका नेता इश्वर पोखरेलले पार्टी प्रवेस कार्यक्रममा बताएका छन् । आज सापकोटा सहित धादिङका पुर्ण गुरुङ (तमाङ), शिबप्रसाद सापकोटा, सुब्बा तामाङ, युद्ध प्रसाद दुवाडी, सिताराम सापकोटा लगायतले आज एमाले प्रवेश गरेका थिए ।























