सिद्धलेकमा भोली देखि फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
अशोज २०, २०७८

धादिङ असोज २० । धादिङको सिद्धलेक गाउँपालिका ७ स्थित आदमटारमा असोज २१ (भोली) देखि वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । अरुणोदय युवा क्लब आदमटारले नेपालीहरुको महान चाड दशैको अवसरमा असोज २१ देखी २४ गतेसम्म अन्तर वडा फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

टिम दर्ता समय भोली बिहान ७ बजे रहेकोले यहिले नै यति टिम भए भन्न नसकिए पनि १२ देखि १४ टिमले यस प्रतियोगिता भाग लिने अनुमान आयोजकले गरेको छ ।

तियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैंया र मेडल, प्रमाणपत्र, कप प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र धेरै गोल गर्नेलाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने बताईएको छ ।