धादिङमा बजार अनुगमन तिब्र, गल्ती भेटिए, तत्काल कार्वाही

Avatar photo
Dhadingpost
अशोज २०, २०७८

धादिङ असोज २० । जिल्ला अनुगमन समिति धादिङले चाड पर्वमा हुन सक्ने कालोबजारी न्यूनिकरणको लागि बजार अनुगमनलाई तिब्र पारिएको जनाएको छ ।

गनुगमन समितिले मंगलबार बेनीघाट र गजुरीमा अनुगमन गरेको छ जसमा गजुरी गाउँपालिका २ मलेखु स्थित रावल सप्लायर्सलाई २० हजार जरिवाना गराएको छ । साइनबोर्ड तथा मूल्यसूचि नराखेको, अनुमति नभएको सामग्री व्यापार गरेकोले कार्वाही गरिएको बताईएको छ ।

यस्तै बिल बिजक प्रयोग नगरेको, म्याद नाघेका सामग्री विक्रि गरेको पाईएको भन्दै मलेखु कै प्रसुनि किराना पसललाई १० हजार जरिवाना, यस अघिको निर्देशन पालना नगरेको, अनुमति नभएका सामग्रीको व्यापार गरेको भन्दै अनुगम समितिले मलेखुस्थित दनै सप्लायर्सलाई ५ हजार जरिवाना गराएको छ ।