
धादिङ असोज १८ । नेपाली कांग्रेस धादिङ अन्तरगत नीलकण्ठ नगरपालिकाको सोमबार सम्पन्न नयाँ कार्य समिति चयनका लागि भएको निर्वाचनमा भिम ढुङुगाना पक्षका शम्भु ठकुरी विजयी भएका छन् ।
ठकुरीले रामनाथ अधिकारी प्यानलका ध्रुव रिजाललाई पराजित गर्दै विजयी भएका हुन् । वडाबाट चुनिएर आएका (प्रतिनीधि) मतदाता ४८९ जना रहेको यस नगरपालिकामा ४८७ मत खसेको मध्य ठकुरीले २ सय ५४ मत ल्याए भने प्रतिद्वन्दी रिजालले २ सय २० मत ल्याएका थिए ।
उप सभापतिमा पनि ढुङुगाना समुहकै चित्रकुमारी भण्डारी र शम्भु मल्ल ठकुरी विजयी बने भण्डारीले २४४ मत र २३५ मत ल्याएर विजयी भएका छन् । यस्तै सचिव दुबै जना रामनाथ सहमुले जितेको छ । जसमा इश्वर अर्याल २४९ मत र राम आले मगर २३१ मत ल्याई विजयी भए । यस्तै सहसचिवमा भिम ढुङ्गाना समुहकै तुलसी तिमल्सिना र देवकी आचार्य विजयी भए ।
नीलकण्ठ नगरपालिकाको नगर अधिवेशनको परिणामले जिल्ला अधिवेशनको नतिजालाई समेत प्रभाव पर्ने कांग्रेस बृतमा चर्चा हुने गरेको छ । स्रोत अनुसार जिल्ला अधिबेशनका लागि देउवा पक्षका भिम ढुङगानाले जिल्ला सभापतिमा उम्मेदवारी दिने लगभग पक्का पक्की रहेको भए पनि रामचन्द्र पौडेल समुहबाट १८ वर्ष जिल्ला पार्टी नेतृत्व गरेका रामनाथ अधिकारी नै उठ्नेकी बासु तिमल्सिना वा रमेश धमलालाई दिने भन्ने अझै टुङ्गो लागेको छैन ।
