
धादिङ असोज १२ । नेकपा एमाले धादिङले नेत्रावती डवजोङ-काठमाडौं सम्पर्क मन्च गठन गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संघीय सांसद खेम लोहनीको प्रमुख आतिथ्यतामा भएको भेलाले हरि कुमार श्रेष्ठको संयोकत्वमा २३ सदस्यीय नेत्रावती डवजोङ-काठमाडौं सम्पर्क मन्च गठन गरेको हो ।
दशैंको पावन अवसरमा शुभकामना आदान प्रदान तथा भेला कार्यक्रममा संघीय सांसाद भुमि त्रिपाठी, प्रदेश डा. राम कुमार अधिकारी, युवा संघका रमेश आचार्य लगायतका नेताहरुको विशेष आतिथ्यता रहेको कपिल नेपालले धादिङपोष्टलाई बताए ।

