एमाले धादिङको विज्ञप्ती, आफ्नो नेताको चरित्र हत्या गर्न खेजिएको भन्दै खण्डन

Avatar photo
Dhadingpost
अशोज १२, २०७८

धादिङ असोज १२ । नेकपा एमाले धादिङले आफ्नो जिल्ला कमिटि सदस्य एवं नीलकण्ठ नगरपालिका १४ नम्बर वडा अध्यक्ष फन्द्रा तामाङ (रोसन) माथी चरित्र हत्याको प्रयास भएको भन्दै खण्डन गरेको छ ।

नेकपा एमालेका जिल्ला सचिव अर्जुन गोर्खालीले प्रेस विज्ञप्ती प्रकाशन गरि विभिन्न संचारमाध्याम र सामाजिक सञ्जालमा गरिएको दुष्प्रचारले लोकप्रिय नेता तामाङको चरित्र हत्या गर्न खोजिएकोले झुटको खेती बन्द गर्न आग्रह गरिएको छ ।

गैर राजनितिक चरित्र भएका र विकास विरोधीहरुले एमालेको लोकप्रियताबाट आत्तिएकाहरुले सामान्य विषयलाई अतिरञ्जित बनाइ अफवाह फैलाएको प्रेस विज्ञप्तीमा उल्लेख छ । काल्पनिक घटना बनाएर एमाले र वडा अध्यक्ष तामाङलाई बदाम गर्न खोजिएको भन्दै झुटको खेती बन्द गर्न प्रेस विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।