धादिङको चक्रदेवि र काठमाडौंको संयुक्त नमुना बीचको खेल आज

Avatar photo
Dhadingpost
अशोज ५, २०७८

धादिङ असोज ५ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत आज (असोज ५ गते) धादिङको चक्रदेवी सामुदायिक समाज नेपाल र काठमाडौंको संयुक्त नमुना युवा क्लब बीच हुने भएको छ ।

‘सी’ डिभिजन लिग छनौटमा धादिङबाट ३ वटा क्लवहरुले भाग लिएका मध्य २ टिमहरु प्रतियोगिताबाट बाहिरि सकेका छन् भने चक्रदेवी सामुदायिक समाज नेपाल नलाङ पहिलो खेल ढोलाहिटी ललितपुर सँग पराजित भए सँगै यो पहिलो चरणको अन्तिम खेल काठमाडौंको संयुक्त नमुना सँग आज दिउँसो १२ः३० मा खेल्ने भएको हो ।

समूह क्यू मा रहेका ३ टिमको लिग खेलमा धादिङको चक्रदेवी सामुदायिक समाज नेपाल, ढोलाहिटी युथ क्लब ललितपुर र संयुक्त नमुना युथ क्लब बानेश्वर काठमाडौं छन् । यो टिमबाट एक टिम समुह विजेता बन्दै अर्को चरण प्रवेस गर्ने छ ।

पहिलो खेल ढोलाहिटी ललितपुर विरुद्ध गत आईतबार खेलेको चक्रदेवि धादिङले खेलको पहिलो हाफमा ३ गोल गरेपनि दास्रो हाफ रक्षात्मक खेल्न नसक्दा ४ गोल खान पुगेको थियो । धादिङ चक्रदेविका लागि सर्जु गुरुङले २ र विरेन्द्र तामाङले १ गोल गरेका थिए भने ललिपुर ढोलाहिटीका लागि रोशन भुजेलले २, पकाश बुढाथोकीले १ बालकृष्ण केसीले १ गोल गरेका थिए ।

भदौ १० गतेबाट सातदोवाटो एन्फा खेल मैदानमा जारी यस प्रतियोगितामा ७८ वटा क्लबले भाग लिएका छन् । जसमा धादिङका लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छी प्रतियोगिताबाट बाहिरि सकेका छन् । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

चक्रदेवी सामुदायिक समाज नेपाल (CCS-TYT) नलाङका खेलाडी तथा प्रशिक्षकहरु
खेलाडीहरु:
१. अन्जन सिलवाल, २. राजेन्द्र रिमाल, ३. विषम अधिकारी, ४. प्रदिप बडाइ, ५. तारा आले, ६. अशोक बुढा, ७. प्रमोद सिलवाल, ८. राजेश शाही, ९. बिबेक, १०. बिप्लव सापकोटा, ११. बिशाल शाह, १२. विशाल सलामी मगर, १३. मिलन गुरुङ, १४. बिरेन्द्र तामाङ, १५. सर्जु गुरुङ, १६. नोबेल बिस्ट, १७. निर्जल शाही, १८. श्रीराम तामाङ, १९. सुदिप श्रेष्ठ, २०. रबिन सिलवाल
कोच: दिपक राना
ब्यबस्थापक: बरुण सिलवाल
खेल अधिकृत: राजु सिलवाल, रोशन सिलवाल, शैलेन्द्र सिलवाल
खेलकुद सम्पर्क अधिकृत: साजन सिलवाल