धादिङ अस्पतालमा अक्सिजन प्लान्ट र थाइराइड चेक गर्ने ल्याब उद्घाटन

Avatar photo
Dhadingpost
अशोज ४, २०७८

धादिङ असोज ४ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङमा अक्सिजन प्लान्ट र थाइराइड चेक गर्ने ल्याब उद्घाटनको उद्घाटन गरिएको छ । बाग्मती प्रदेश सरकारको सहयोगमा निमार्ण गरिएको अक्सिजन प्लान्ट र थाइराइड चेक गर्ने ल्याब सोमबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवालले आज उद्घाटन उद्घाटन गरेका हुन् ।

आज उद्घाटन गरिएको (15 nm3) प्लान्टले दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाइएको छ । त्यसैगरि आज थाइराइड चेक गर्ने ल्याब मेसिनको समेत उद्घाटन गरिएको छ । उक्त नयाँ प्रबिधिको अत्याधुनिक मेसिनबाट थाइराइड, भिटामिन डि र हम्रोन प्रोफाइल समेत जाँच गर्न जाँच गर्न सकिने अस्पतालका मेसु डा. त्रिभुवन चन्द्र झाले जानकारी दिए ।

धादिङ अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, प्रहरी प्रमुख महेन्द्र खड्का, स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेल, राजनैतिक दलका पार्टी प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।