धादिङको चक्रदेविको अर्को खेल, काठमाडौंको संयुक्त नमुना सँग असोज ५ गते हुने

Avatar photo
Dhadingpost
अशोज ३, २०७८

धादिङ असोज ३ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता अन्तरगत आज धादिङको चक्रदेवी सामुदायिक समाज नेपाल धादिङ डिफेन्समा चुक्दा ढोलाहिटी युथ क्लब ललितपुर विजयी बन्नपुग्यो । अब धादिङको खेल काठमाडौंको संयुक्त नमुना सँग असोज ५ गते १२ः३० मा सातदोवाटो एन्फा खेल मैदानमा हुनेछ ।

आज ढोलाहिटी ललितपुर विरुद्ध पहिलो हाप सम्म ३ गोलको अग्रतामा रहेको धादिङको चक्रदेवी दास्रो हाफमा ढोलाहिटीको लगातार ४ गोल सामान गर्नु परेको थियो । आजको खेलमा धादिङ चक्रदेविका लागि सर्जु गुरुङले २ र विरेन्द्र तामाङले १ गोल गरेका थिए भने ललिपुर ढोलाहिटीका लागि रोशन भुजेलले २, पकाश बुढाथोकीले १ बालकृष्ण केसीले १ गोल गरेका थिए ।

समूह क्यू मा रहेका ३ टिमको लिग खेलमा धादिङको चक्रदेवी सामुदायिक समाज नेपाल, ढोलाहिटी युथ क्लब ललितपुर र संयुक्त नमुना युथ क्लब बानेश्वर काठमाडौं छन् । यो टिमबाट एक टिम समुह विजेता बन्दै अर्को चरण प्रवेस गर्ने छ ।

भदौ १० गतेबाट सातदोवाटो एन्फा खेल मैदानमा जारी यस प्रतियोगितामा ७८ वटा क्लबले भाग लिएका छन् । जसमा धादिङका लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छी प्रतियोगिताबाट बाहिरि सकेका छन् । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । ‘सी’ छनौटबाट तीन टिम ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

चक्रदेवी सामुदायिक समाज नेपाल (CCS-TYT) नलाङका खेलाडी तथा प्रशिक्षकहरु
खेलाडीहरु:
१. अन्जन सिलवाल, २. राजेन्द्र रिमाल, ३. विषम अधिकारी, ४. प्रदिप बडाइ, ५. तारा आले, ६. अशोक बुढा, ७. प्रमोद सिलवाल, ८. राजेश शाही, ९. बिबेक, १०. बिप्लव सापकोटा, ११. बिशाल शाह, १२. विशाल सलामी मगर, १३. मिलन गुरुङ, १४. बिरेन्द्र तामाङ, १५. सर्जु गुरुङ, १६. नोबेल बिस्ट, १७. निर्जल शाही, १८. श्रीराम तामाङ, १९. सुदिप श्रेष्ठ, २०. रबिन सिलवाल
कोच: दिपक राना
ब्यबस्थापक: बरुण सिलवाल
खेल अधिकृत: राजु सिलवाल, रोशन सिलवाल, शैलेन्द्र सिलवाल
खेलकुद सम्पर्क अधिकृत: साजन सिलवाल